२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता पेशी बुधबारलाई

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ १४, २०८१

(ABC-Sanchar)
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।

गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै अधिवक्ता अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। जेठ १६ गतेका लागि रिटको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारणा गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चीत प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार मन्त्री प्रधानमन्त्री तथा मन्त्री परिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ,’ रिट निवेदनमा उल्लेख छ।

रिट निवेदनमा भनिएको छ,’ मिति २०८१-०१-१० मा रवि लामिछानेले द.न.१४०५१ बाट माग गरे अनुसार विपक्षी कार्यालयबाट मिति २०८१-०१ -२४ मा च.नं.३२७५ बाट जारी भएको पत्रको कुनै कानुनी वैधानिकता नहरेको र उक्त पत्रकले फौजदारी न्याय प्रणालीलाई अनुचित तवरले प्रभावित पार्ने स्पष्ट रहेको हुँदा मिति २०८१-१-१० मा रवि लामिछानेले द.नं. १४०५१ बाट माग गरे अनुसार विपक्षी कार्यालयबाट मिति २०८१-०१-२४ मा च .नं. ३२७५ बाट जारी भएको पत्र सम्बन्ध भएको सम्पूर्ण कारवाही,सूचना,पत्राचार कार्यान्वयन नगर्नु नगराउनु भनी सम्पूर्ण विपक्षीका नाउँमा अन्तरिम आदेश जारी पाउँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!