२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतको दिल्लीमा तापक्रम ५३. डिग्री सेल्सियस तातो हावाले धमाधम बिरामी हुदै

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(ABC-Sanchar)
काठमाडौं । दिल्लीलगायत देशको उत्तरी भेगका अधिकांश राज्यमा तातो हावाको लहर (लु) चल्ने चेतावनी जारी गरेको थियो । आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश, पश्चिम मध्यप्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मुमा लुको सम्भावना छ । त्यस्तै हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढमा पनि तातो हावा वहने उसको चेतावनी छ । अधिकारीहरूले उच्च गर्मीका कारण हृदय प्रणालीमा समस्या आउन सक्ने चेतावनी दिँदै निरन्तर पानी पिएर शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाब दिएका छन् ।

यसअघि दिल्लीको सबैभन्दा उच्च तापक्रम सन् २००२ को मे महिनामा मापन गरिएको थियो, जतिवेला दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस थियो । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्ष त्यसको तीव्रता र लम्बाइ बढ्दै गएको छ । वर्षौं लामो वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो र तीव्र हुने गरेको देखाएको छ ।

खानेपानीको अभाव
नयाँदिल्लीका अधिकारीले गर्मी बढेसँगै पानीका स्रोत पनि घट्दै जाने र केही क्षेत्रमा खानेपानीको अभाव हुन सक्ने चेतावनी दिएका छन् । दिल्ली राज्यकी जलमन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेकी छन् । ‘पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुईपटकबाट घटाएर दिनमा एकपटक गर्नेजस्ता धेरै उपाय अपनाएका छौँ,’ आतिशीले भनिन् । बचत गरिएको पानीलाई उच्च अभाव भएका क्षेत्रमा वितरण गरिने पनि मन्त्री आतिशीले बताइन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]