२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नयाँ सञ्चारसम्बन्धी कानुन बनाउनु पर्छ संचार मन्त्री : मन्त्री शर्मा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको पाँचौँ स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित अन्य अतिथि ।

काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्वन्धि कानुनलाई समावेशी बनाइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको पाँचौँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अब बन्ने सञ्चारसम्वन्धी कानुन र सामाजिक सञ्जाल नियमन लगायतका सबै कानुनलाई हरेक हिसाबले समावेशी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “सञ्चारसम्वन्धी धेरै पुराना कानुन छ, चलचित्र ऐन २०२६ सालको छ, अब त्यतिबेला समावेशिताको कल्पना पनि गरिएको थिएन, त्यसलाई नयाँ कानुन बनाएर समावेशी बनाउनुपर्नेछ ।”

आमसञ्चारसम्वन्धी ऐन अहिले छलफलमै रहेकाले सुझावका लागि आग्रह गर्दै भन्नुभयो, “हामी अभिव्यक्ति स्वतन्त्रताको निम्ति लडिरहेका छौँ । समावेशिताको निम्ति लडिरहेका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता यत्तिकै आएको होइन, यो प्राप्तिको निम्ति सबैको उत्तिकै भूमिका छ ।” उहाँले संविधानमा उल्लेख भएको दलितसम्वन्धी अधिकारलाई जतिसक्दो चाँडो कानुन निर्माण र त्यसलाई कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलगायत समस्या समाधानका लागि भएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सचेतनामार्फत अन्त्य गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

पछिल्लो समयमा दलित समुदायको राज्यका निकायमा सहभागिता रहे पनि विभेद र उत्पीडनको हिसावले प्रर्याप्त नभएको चर्चा गर्दै मन्त्री शर्माले भन्नुभयो, “संविधानमा बाध्यात्मक अवस्था भएका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ, त्यसैले दलित समुदायको अन्य अधिकार प्राप्तिका लागि कानुन नै बाध्यकारी हुन्छ ।”

सङ्घका अध्यक्ष विनोद पहाडी, कमला विश्वकर्मा, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राई र सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवालगायतले आमसञ्चार माध्यमलाई विषयवस्तु र सहभागिताको हिसाबले समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार बाबुराम विश्वकर्मा, राजकरण महतो र शोभा विश्वकर्मालाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]