२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विमानस्थलबाट २६ लाख १० हजार अबैध मुद्रासहित लेबनानी नागरिक पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २०, २०८१

ABC (क्राईमबिट)
काठमाण्डौं । काठमाडौंबाट दिल्ली हुँदै दुबई जान लागेका यात्रु लेबनानी नागरिक वर्ष ४९ को Mr. RABIH ABI CHAKER ले लिई आएको ह्‍याण्ड ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियामा Screening गर्ने क्रममा उक्त व्याग भित्र नेपाली रु.४,८०,०००।– (चार लाख असी हजार मात्र), अमेरिकी डलर १७,५२०।– (सत्र हजार पाँच सय बीस मात्र), UAE Dirham २,०८०।– (दुई हजार असी मात्र) र Liban Livre २६,१०,०००।– (छब्बीस लाख दश हजार मात्र) अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक तर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि मिति २०८१/०२/१७ गते राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]