२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल आयल निगमले लगातार पेट्रोलियम पदार्थको भाउ किन घटाईरहेको छ ?

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(ABC-Sanchar)
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार तेलको भाउ तोक्छ। खुद पेट्रोलियम आयात गर्ने भारतले आफै भने अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन गर्छ। जसको असर केही समयपछि नेपालमा पनि पर्छ।

कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ माग र आपूर्तिका आधारमा बजारले निर्धारण गर्छ। तर पनि साउदी अरेबिया सहितको तेल निर्यातकको संगठन ओपेकले उत्पादनमा थपघट गरेर भाउ प्रभावित गर्न खोज्छ। ओपेक र रूससहित केही अन्य राष्ट्र (ओपेक प्लस) ले छलफल गरेर आफूले चाहेको हाराहारीमा भाउ ल्याएर स्थिर राख्न उत्पादनको कोटा निर्धारण गर्छन्। र, त्यसै अनुसार उत्पादन गर्छन्।

सबभन्दा धेरै मात्रा र कम लागतमा तेल उत्पादन गर्न सक्ने भएकाले ओपेक प्लसमा साउदी अरेबियाको वर्चस्व चल्छ। अरू उत्पादकभन्दा धेरै अतिरिक्त क्षमता र कम लागतका कारण सस्तो भाउमा बेच्दा पनि फाइदा हुने भएकाले साउदी अरेबियाले चाहिएका बेलामा तुरून्तै उत्पादन ह्वात्तै बढाउन सक्छ।

साउदी अरेबियाको चाहनामा मात्र होइन, बजार भाउ, मागको अवस्था र सदस्य राष्ट्रहरूको सामूहिक स्वार्थ अनुसार ओपेक प्लस सदस्यहरूले सहमति गरेर उत्पादनको कोटा निर्धारण गर्छन्। त्यस्तै माग बढी र थोरै भए अनुसार मात्र होइन, आफूले चाहेको भाउका लागि पनि निर्धारण गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]