२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिधुत प्राधिकरणको अनियमित रूपमा बिधुत आपूर्तिको विरुद्धमा उभिए अध्यक्ष राठि

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(रोशन निधि)
विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी अनियमित विद्युत आपूर्तिविरुद्ध उभिएकाे छ। अध्यक्षमा निर्वाचित भएलगत्तै उनले औद्योगिक करिडोरमा देखिएको अनियमित रुपमा विद्युत आपूर्ति र विद्युत कटौतिविरुद्ध उद्योगी व्यवसायीहरुको तर्फबाट अपिल जारी गरेका हुन् ।

अध्यक्ष अनुप राठीले नेपालका सबैजसो औद्योगिक कोरिडोरका उद्योगहरुले विगत केही महिनादेखि अघोषित रुपमा अनियमित विद्युत कटौति खेप्नु परिरहेको बताएका छन् ।

विद्युतको अनियमित आपूर्तिका वावजुद पनि नेपाल विद्युत प्राधिकरणले भारतलाई विद्युत निर्यात गर्न थालेको भन्ने विषय सार्वजनिक रुपमा नै भएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संघका अध्यक्ष राठीले प्राधिकरणले स्वदेशी उद्योगहरुको आवश्यकता अनुसार विद्युत आपूर्ति गर्न नसकिरहेको अवस्थामा भारतमा विद्युत निर्यात भइरहेको समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएकाे छ।

‘उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित तवरले दिनहु १२ घण्टासम्मको लोडसेडिङ खेप्नुपरेको छ तर गत सोमबारदेखि प्राधिकरणले ४०० मेघावाट विद्युत भारत लाई निर्यात गरिरहेको भन्ने समाचार आश्चर्यजनक छ’ उनले भने, ‘विद्युतको अभावमा स्वदेशी उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्, जसका कारण स्वदेशी उद्योगको उत्पादकत्वमा ह्रास आएको र उत्पादित वस्तुहरुको अभावमा महंगी बढेको छ ।

यो अवस्थामा सरकारले भने स्वदेशी उद्योगहरुको हकहित संरक्षण सम्वर्द्धनकाे निमित्त विभिन्न नीतिहरु र संयन्त्रहरु अपनाउन प्रयास गरेको देखिएकोले विरोधाभाष उत्पन्न भएको अध्यक्ष राठीले बताएका छन । प्राधिकरणले आन्तरिक खपत पश्चात बचत भएको विद्युत भारत निर्यात गर्न थालेको भन्ने भनाइ सार्वजनिक भएको भन्दै संघले त्यसमा असहमति जनाएको बताए ।

स्वदेशी उद्योगहरुले विद्युत नपाएको अवस्थामा लोडसेडिङ भोगिरहनु परेको बताए । प्राधिकरणले भ्रमपूर्ण जानकारी दिएको समेत उनले आरोप लगाए । जसका कारण स्वदेशी उद्योगहरुमाथि ठूलो अन्याय भएको राठीले बताए ।

उनले उत्पादकत्वको विकास, आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगहरुको संरक्षणार्थ नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणलगायत सम्बन्धित सवै निकायहरुले गम्भिरताका साथ पहल गर्नुपर्ने सुझाव दिए । विद्युतको स्वदेशी खपत तथा आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिएर मात्र त्यसपछि बााकी रहेको विद्युत भारत निर्यात गर्नुपर्ने धारणा संघको रहेको बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]