२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं त्रिभुवन विमानस्थल निर्माण हुदै कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २२, २०८१

(ABC-Sanchar)
काठमाडौँ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले उडान बन्द गर्न लागिएको सूचना जारी गरेको छ । अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । ‘काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी–वे प्रणालीका विभिन्न निर्माण गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाइनेछ,’ अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख गरिएको छ ।

विमानस्थलभित्र पूर्वाधारमा कार्यरत ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ का निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठका अनुसार सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ । यसैका आधारमा वायुसेवाहरूले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुहरूलाई दिनुपर्छ । यो अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) द्वारा जारी नियम हो ।

प्राधिकरणका अनुसार उक्त अवधिमा तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् । त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा पनि निषेध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]