२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भारतका कम्युनिस्ट दललाई लोकसभामा ९ सीट जोगायो वामपन्थी पार्टी

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ २३, २०८१

(ABC-Sanchar)
काठमाडौं । भारतको लोकसभा निर्वाचनमा निरन्तर कमजोर बन्दै गइरहेका वामपन्थी दल क्लिन स्वीप हुनबाट जोगिएका छन् । नरेन्द्र मोदीको उदयसँगै कमजोर बनेका भारतीय कम्युनिस्ट दलले यसपटक ९ सीट जित्न सफल भएका छन् ।

भारतको लोकसभा निर्वाचनमा भाग लिएकामध्ये चारवटा कम्युनिस्ट पार्टीले संसदमा प्रतिनिधित्व पाएका हुन् । तीमध्ये सबैभन्दा ठूलो भारतीय कम्मयुनिस्ट पार्टी माक्र्सवादीले ४ सीट जितेको छ ।

उसले देशभर ५२ जना उम्मेदवार खडा गरेकोमा ४० जना पराजित भए । यो पार्टीका महासचिव सिताराम यचुरी छन् । उनको पार्टीले तमिलनाडुमा २ सीट,केरल र राजस्थानमा एक एक सीट जितेको छ ।

राजस्थानको सिकारबाट अमराराम,केरलको अलाथुरबाट के राधाकृष्णनले लोकसभा सदस्य जितेका छन् । त्यस्तै तलिनाडुको मधुराइबाट भेनकाटेसन र दिनदिगुलबाट सचिथानाथमले जित्न सफल भएका छन् ।

पश्चिम बंगालमा ३३ वर्षभन्दा लामो समय शासन गरेको यो पार्टीले त्यहाँ भने एक सीट पनि जित्न सकेन । यसअघि २०१९ मा ३ सीट जितेको पार्टीले योपटक एक सीट थपेको छ ।

त्यस्तै कम्युनिस्ट पार्टी अफ इण्डियाले ३० जना उम्मेदवार उठाएकोमा२ सीट जितेको छ । उसले दुवै सीट तमिलनाडुबाट जितेको हो । सेलभराज भी र सुब्बरायन के सिपिआइबाट निर्वाचित भएका हुन् । यो पार्टीको महासचिव डि राजा छन् ।

त्यस्तै ७ सीटमा प्रतिस्पर्धा गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी ९लिवरेसन० ले २ सीट जितेको छ । यसअघि सो पार्टी लोकसभामा प्रतिनिधित्वविहीन थियो ।

दिपांकर भट्टाचार्य नेतृत्वको उक्त पार्टीले दुवै सीट विहारबाट जितेको हो । राजा राम सिंह कारकात जिल्ला र सुदामा प्रसादले विारहको अराह जिल्लाबाट सिपिएम एमएल लिवरेसनको खाताम २ सीट दिएका हुन् ।

त्यस्तै मनोज भट्टाचार्य नेतृत्वको रिभोलुसनरी सोसलिस्ट पार्टीले पनि तमिलनाडुबाट एक सीट जितेको छ । यसअघि त्यस पार्टीले पनि लोकसभामा प्रतिनिधित्व गर्न सकेको थिएन । यी चार वटै पार्टी भाजपा विरोधी गठबन्धनमा छन् ।

पश्चिम बंगाल र केरललाई आधार क्षेत्र बनाएका कम्युनिस्ट पार्टीहरु त्यहाँ निकै कमजोर बनिरहदा तमिलनाडुमा भने विस्तार भएको देखिएको छ । विहारमा २ सीट जितेको माले लिवरेशन र माक्र्सवादी अन्य क्षेत्रमा पनि सशक्त प्रतिस्पर्धी देखिएका छन् । केही सीटमा झिनो मतले पराजित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]