२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चर्को घाममा पनि सभ्यता पाठशालाले बजार सरसफाइ गरेर मनायो विश्व वातावरण दिवस

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २४, २०८१

(ABC-Sanchar)
दाङ । प्रदूषणलाई निर्मुल पारौ, वातावरणको संरक्षण गरौ’ भन्ने नाराका साथ चर्को घाममा पनि सडक सरसफाई गरेर विश्व वातावरण दिवस मनाएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस सभ्यता पाठशालामा पनि मनाइएको हो ।
सभ्यता पाठशालामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो विद्यालय रहेको टोलको सरसफाई गरेर समुदायमा सचेतना प्रदान गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताउछन विद्यालय कप्तान अनुभव गिरी ।

सफसफाई कार्यक्रममा बोल्दै कप्तान गिरीले भने हामीले आज विश्व वातावरण दिवसका दिन सडक सफा गरेर समाजमा सचेतना प्रदान गर्न खोजेको मात्र हो । पछिल्लो समय हाम्रो वातावरण तथा पर्यावरण प्रदूषण हुँदै गैरहेको छ । हामीले बेलैमा वातावरण जोगाउन सकेनौं भने भविष्यमा मानव जीवन नै संकटमा पर्न सक्छ ।

त्यस्तै विद्यालयले समाजमा वातावरण जोगाउन विद्यार्थीहरुले सडक सरसफाई गरेको कोर्डिनेटर पुष्पा तामाङले बताइन । वातावरण दिवसका दिन मात्र नभएर संधै सरसफाई गर्नुपर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]