२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिन्धुलीमा गस्ती गरेर फर्किदै गरेका असई हवलदारको मोटरसाइकल दुर्घटनामा मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २७, २०८१

(ABC-Sanchar)
सिन्धुली । फिक्कल गाउँपालिका-६ मा रहेको रत्नावती प्रहरी चौकीका इन्चार्ज असई रविन्द्र ठाकुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

आइतबार गस्ती गरेर चौकीतर्फ फर्कने क्रममा वडा नं. ५ को झगडेवेँसीस्थित भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका चिकित्सकहरुले केहीबेर अघि असई ठाकुरको मृत्यु भएको घोषणा गरेका छन् । दुर्घटनामा परी मोटरसाइकलमा सवार तनहुँ भिमाद नगरपालिका-७ का प्रहरी सहायक हवल्दार सुर्यकुमार श्रेष्ठ घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]