२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं नागढुंगा सुरुङ आयोजनामा फ्लाइओभरको काम तीव्र हुँदै

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २८, २०८१

(ABC-Sanchar)
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ । गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ । अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ ।

काठमाडौंतर्फ बलम्बुमा निर्माणाधीन फ्लाइओभरमाथि गाडी हिँड्ने ‘सुपरस्ट्रक्चर’ को काम भइरहेको छ । कुनै समस्या आइनपरे एक वर्षभित्र सवारी चलाउने गरी फ्लाइओभर र सुरुङमा काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जनाए । ‘फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ, सुरुङ फिनिसिङ गर्ने काम पनि जारी छ । सुरुङभित्र सडक ढलानको काम पनि हुँदै छ,’ उनले भने, ‘निर्माणका क्रममा कुनै समस्या आइनपरे एक वर्षमा सुरुङबाट गाडी गुडाउन मिल्छ ।’

आर्थिक वर्ष ०८१/८२ सालको बजेट वक्तव्यमा उक्त सुरुङ निर्माणको सबै काम सकेर यातायात सञ्चालनमा ल्याइने उल्लेख छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यसमध्ये १.९९५ किलोमिटर कालोपत्र भइसकेको छ । धादिङको सिस्नेखोलातर्फ ७ सय २५ मिटरमध्ये ४ सय ५० मिटर पहुँच सडक निर्माण भइसकेको छ । पहिला यस खण्डमा ५ सय ६५ मिटर सडक मात्र बनाउने भनिएको थियो । पछि १ सय ६० मिटर थप गरेर काम गरिएको आयोजनाले जनाएको छ । अन्य संरचनामा तीन वटा पुल र ६ वटा कल्भर्ट निर्माणको काम सकिसकेको छ । मुख्य सुरुङबाट आपत्कालीन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]