२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोह कार्यक्रममा सरिक

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २८, २०८१

(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा शपथग्रहण समारोहमा सहभागी हुनुभई शुभकामना व्यक्त गर्नुभएको छ ।

भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको हो ।

भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का संसदीय दलका नेता मोदीले आइतबार नयाँदिल्लीमा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखको उपस्थितिमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्नुभएको हो ।

मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । भाजपासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले लोकसभाका ५४३ मध्ये २९३ सिटमा जित हासिल गरेपछि उहाँकै नेतृत्वमा सरकार गठन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]