२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु टिपरमा आगजनी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

(ABC-Sanchar)
बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरकाे ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका ८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको बताउनुभयो ।

उहाँका अनुसार गए राति अन्दाजी ९ः३५ बजेको समयमा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे१०प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरकाे ठक्करपश्चात् विष्टको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उहाँले जानकारी दिनुभयो । दुर्घटनापश्चात् टिपरचालक फरार रहेको साथै उक्त गाडीका मालिक भने प्रहरीको सम्पर्क आएको उहाँले जानकारी दिनुभयो । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । साथै फरार रहेका टिपर चालकको पनि खोजतलास भइरहेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

मृतक विष्ट राप्तीसोनारी गाउँपालिका ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेको स्थानीय कवीन्द्र परियारले जानकारी दिनुभयो । परियारका अनुसार मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]