२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा मापसे गरेर सवारी चलाउने माथि कडाई १ घन्टा क्लास हुने ट्राफिक प्रमुख सुबेदी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

(सागर थापा)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारवाही गर्ने बताएका छ्न ।

उनका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ ।

ट्राफिक प्रमुख सुबेदीले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाई गर्ने बताए । उनले मापसेलाई निरुत्साहित गर्न सरप्राइज चेकिङ गरिने र मापसे गरेर सवारी चलाउनेलाई १ घन्टा क्लास लिन सुरु गरेको र दुर्घटनामा धेरै कमि आएको सुबेदीले जानकारी दिए ।

उनले अटो रिक्सा, ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई-रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने सुबेदीले बताए ।

अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाई गरिने उनले बताए ।

उपलब्ध जनशक्ति र स्रोत साधनको उपयोग गरेर दुर्घटना न्यूनीकरणको प्रयास गरिने उनको भनाई छ । आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महसुस गराउने गरी काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुबेदेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]