२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पहिरोले ट्रक पुरियो चालक सकुशल

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

,

(ABC-Sanchar)
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।

ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

यान्त्रिक कार्यालय मूलकोट र गोलन्जोर गाउँपालिकाको सहयोगमा एक्स्काभेटर मगाएर बुधबार बिहानदेखि नै पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सोही मार्गअन्तर्गत वडा नम्बर–६ को अक्करे भीरमा समेत लेदो माटो खसेर सडक अवरुद्ध बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]