२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रति गम्भीर असहमति पुनर्लेखनको माग

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

(ABC-Sanchar)
काठमाडौं । नेपाल नेटवर्कले बुधबार राजधानीमा गरेको अन्तर्संवादमा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा सांसदहरूले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा विवादास्पद दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् ।

अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरूको टिप्पणी छ । पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुुरेश आचार्यले अहिलेको राष्ट्रिय सभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगत्ले पूर्ण बहिष्कार गरेर अगाडि बढ्ने बताए । सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलको अध्यक्ष नियुक्त गर्ने प्रावधान कानुनसचिवले न्यायाधीश नियुक्ति गरेजस्तै भएकाले त्यसमा गम्भीर असहमति जनाए ।

प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले विधेयकको सैद्धान्तिक अवधारणापत्रमै दर्जनौँ अस्पष्टता रहेको बताउँदै प्रेस काउन्सिल स्वायत्त, स्वतन्त्र र जिम्मेवार निकायको मर्मलाई आत्मसात् गर्ने विधेयक आउनुपर्नेमा सरकारअन्तर्गतको विभाग बनाउने गरी आएको उल्लेख गरे । उनले विधेयक पुनर्लेखनकै आवश्यकता रहेकाले काउन्सिलले लिखित रूपमा संसदीय समितिलाई सुझाव दिने बताए । विधेयकको दफा ३३ मा काउन्सिललाई स्वायत्तता दिने भन्ने, तर सञ्चार मन्त्रालयलाई वार्षिक प्रतिवेदन बुझाउने भनिएको विषय अमिल्दो भएको उनको भनाइ थियो ।

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलभन्दा पनि पछाडि फर्किने गरी विधेयक आएको टिप्पणी गरे । सचिव नेतृत्वको समितिले अध्यक्ष सिफारिस गर्ने र सरकारको प्रतिनिधि काउन्सिलको सदस्य रहने विषय गलत भएको उनको भनाइ थियो । विधेयकमा सञ्चार मन्त्रालयको सहसचिव काउन्सिलमा सदस्य रहने प्रस्ताव गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]