२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मिलेमतोमा टेण्डरमा घोटाला देशभरको जिल्लाहरुमा कुहिएको चामल आयात

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

(ABC-Sanchar)
सुर्खेत । कर्णाली लगायत देशभरका जिल्लाहरूमा खाद्यान्न वितरण गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले म्याद नाघेको खाद्यान्न खरिद गर्नेगरी टेण्डर आह्वान गरेको छ । चामल खरिदको ठेक्का पाएको सप्लायर्सले भारतबाट म्याद नाघेका, कुहिएका कमसल चामल ल्याएर कम्पनीलाई दिन लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेठ ३२ गते जारी गरेको बोलपत्रअनुसार करिब ७० प्रतिशत चामलको ठेक्का श्री जयगुरु राइस मिल झापाले पाएको छ । सो मिलले कम्पनीको प्रादेशिक कार्यालय धनगढी, मुख्य शाखा कार्यालय राजापुर, तुलसिपुर, भैरहवाको अरुवा मोटा चामलको ठेक्का पार्न सफल भएको थियो ।

‘यो सप्लायर्सको विगतको ट्रयाक रेकर्ड राम्रो छैन, अहिले चामल खरिद गर्ने ठेक्का सोही सप्लार्सलाई परेको छ’, थापाथलीस्थित कम्पनीका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार मिलेमतोमा टेण्डर दिलाइएको हो ।‘मिलेमतोमा ठेक्का पाएको जयगुरुले भारतबाट कुहिएको चामल ल्याएर वितरण गर्ने तयारी थालेको छ’, ती कर्मचारीले दावी गरे ।

भारत सरकारले आफ्ना विपन्न नागरिकलाई सहुलियत दरमा एफसिआई चामल वितरण गर्ने गरेको छ । सोही चोरी गरेर राखिएका एफसिआई चामल, मिति गुज्रिएका चामल नवलपरासी र रुपन्देहीको सिमानाकाबाट भन्सार छलेर ट्रकका ट्रक भित्राउने काम अहिले भइरहेको स्रोतले जानकारी दियो । ‘त्यहाँबाट चामल ल्याउनका लागि सशस्त्र प्रहरीको पनि साथ रहेको छ, सशस्त्र प्रहरीलाई पनि मिलाइएकाले एफसिआई चामल ल्याउन सहज वातावरण बनेको हो’, स्रोतले भन्यो ।

यसरी गैरकानुनी ढंगबाट नेपाल भित्राइएका चामलमा नेपाली मिलको लेवल त्यसमा दिइराखिएको छ । शुभराजेश ट्रेडस् परासी , जय श्रीलक्ष्मी सप्लायर्स भैरहवाले अहिले सामाग्री ल्याइरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका केही कर्मचारीसँगको मिलेमतोमा सूचना चुहाई जयगुरु मिलले ठेक्का पार्न सफल भएको थियो । सात ठाउँका लागि चामल माग गरिएकोमा आधाभन्दा बढी ठाउँ अर्थात चार ठाउँको ठेक्का जयगुरुले पाएको छ ।

मिलेमतो बिना एउटै कम्पनीले सबै ठाउँको ठेक्का पाउने सम्भावनानै हुँदैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट वितरण हुने चामल विगतमा पनि यस्तै लफडा भएको थियो । लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल कर्मचारीकै मिलेमतोमा झ्वाम पारिएको थियो ।

सरकारले निषेधाज्ञा जारी गरेको अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको चामल पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय भएपछि पत्र लुकाएर जिम्मेवार कर्मचारीले साढे दश लाख रकम झ्वाम पारेका थिए ।

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपुर्ति ब्यवस्था मिलाउन देशका बिभिन्न जिल्लामा कामको प्रकृति, चाप र स्वरुप हेरी कम्पनीको प्रधान कार्यालय काठमाडौमा रहेको छ ।

प्रादेशिक कार्यालय , मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरु स्थापना गरेको छ । डिपो मार्फत प्रादेशिक कार्यालयमा खाद्यान्न आपुर्ति हुने गरेको छ । त्यसका लागि प्रधान कार्यालय १ वटा, प्रादेशिक कार्यालय कार्यालयहरु ७ वटा, मुख्य शाखा कार्यालय ५ वटा, शाखा कार्यालयहरु २५ वटा र डिपो कार्यालयहरु २५ वटा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]