२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरीले नेता तथा पत्रकारसँग भेटघाट गरेमा कडा कारबाहीको चेतावनी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीमा राजनीतिक दलका नेता कार्यकर्ता तथा सञ्चारकर्मीसँग देखभेट गरेमा कडा कारबाहीको चेतावनी दिइएको छ । सशस्त्र प्रहरी अधिकृत र जवानहरूले राजनीतिक दलका नेताहरू सँग भेटघाट गर्ने र अनावश्यक रुपमा सरुवा बढुवाको दबाब दिने कार्य बढेपछि मुख्यालयले प्रतिबन्ध लगाएको हो । साथै, सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूले सञ्चारकर्मीहरू सँग भेटघाट गर्ने र संगठनको हित विपरित कार्य गरेको भन्दै सञ्चारकर्मी भेटघाटका लागि केन्द्रीय प्रवक्ता र सहायक प्रवक्ता तोकिएको छ ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता भेटघाटमा लगाएको प्रतिबन्धले प्रत्यक्ष असर डिआइजी अञ्जनीकुमार पोखरेललाई परेको छ । गत साता उनलाई राजनीतिक दलका नेताहरू भेटघाट गरेको र संगठनको विषयमा अर्नगल कुरा गरेको भन्दै मुख्यालयले स्पष्टिकरण सोधेको थियो ।

संगठनमा रहेर गर्नुपर्ने आचारसंहिता पालना नगरेको तथा संगठनको हित विपरीत कार्य गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो । पोखरेलले सशस्त्र प्रहरीको एक कार्यक्रममा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनुपर्ने र त्यहाँ सशस्त्रले कभर गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्तावको बारेमा कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल प्रहरीले गृह मन्त्रालयमा गुनासो गरेको थियो । त्यसबाहेक उनले कोशी प्रदेशमा रहेका बेला पहाडी गुल्मबाट जनशक्ति ल्याएर धेरैलाई आउट छाडेको प्रमाणित नै भएको थियो ।

डीआईजी शम्भु सुवेदीलाई बाहिनी बुझाउने बेला डीआईजी पोखरेलले बाहिनीबाट १०९ जना बिदामा रहेको हाजिरी दिएका थिए । पहाडी गुल्मबाट कर्मचारी तानेर बाहिनी थुपारेका पोखरेलका कारण पूर्वी पहाडका गुल्म बेश जस्ता भएका थिए । गुल्ममा ५०–५५ जना जनशक्ति पनि छैनन् ।

त्यसपछि उनी मधेस प्रदेश जानका लागि माओवादी नेताहरूलाई भेटघाट गर्न पुगेका थिए । सो विषयलाई पनि संगठनले नोटिसमा राखेको जनाएको थियो । मधेस प्रदेशमा जान नपाएपछि उनले बराह बाहिनीमा केही अधिकृतहरुलाई बोलाएर संगठनमा आफूले जति राम्रो काम गरेको भए पनि राम्रो काम गर्नेलाई अवसर नदिएको भन्दै गुनासो गरेका थिए । बराह बाहिनीको कमाण्डमा उनी निकै विवादित भएका थिए ।

उनीसँगै एक एसएसपीलाई पनि स्पष्टिकरण सोधिएको छ । भर्खरै मिसनबाट फर्केर सुदुरपश्चिम पुगेका ती एसएसपीले मुख्यालयमा बस्नुप¥यो भन्दै राजनीतिक लविङ गरेपछि मुख्यालयले उनको नाममा पनि स्पष्टिकरण सोधेको हो । डिआइजी पोखरेलले आफूलाई सोधेको स्पष्टिकरणको जवाफ पठाइसकेका छन् भने न्यौपानेको जवाफ हेडक्वार्टरले कुरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!