२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

क्याम्पस प्रमुखको गोली हानी हत्या गरेको घटनामा संलग्न व्यक्तिहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १२, २०८१

(रोशन निधि)
बारा । आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० को हरि भुषण प्रसाद कुशवाहाले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा मिति २०८१-०२-२२ गते अन्दाजी १७:१५ बजेको समयमा जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समुहले हरि भुषण प्रसाद कुशवाहालाई गोली हानी घाईते बनाएको र घाईतेलाई तत्काल उपचारको लागि बयोधा अस्पताल विरगंज लगेकोमा उपचारको क्रममा निज हरिभुषण प्रसाद कुशवाहाको मृत्यू भएको थियो घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित निम्न ७ जना प्रतिवादीहरुलाई पक्राउ तथा निम्न बमोजिमका दशीका समानहरु बरामद गरी निजहरु उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भई सम्मानित बारा जिल्ला अदालतबाट मिति २०८१/०३/११ गतेबाट लागु हुने गरी दिन ६ (छ) को म्याद थप भई अनुसन्धान कार्य भई रहेको र उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेयौपाने ले जानकारी गराउनु भएको छ।
पक्राउ परेका निम्न प्रतिवादीहरु:-
१) जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरिया टोलमा बस्ने महन्थ महतोको छोरा वर्ष ३२ को अवधलाल प्रसाद कुशवाहा……
२) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने जितन महतोको छोरा वर्ष २९ को चांदसी प्रसाद कुशवाहा…
३) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा. न.२ बतरा टोलमा बस्ने प्रेमलाल साहको छोरा वर्ष २७ को चुल्हाई भन्ने श्रवण कुमार साह..
४) जिल्ला बारा कलैया उ.म.न.पा.वडा न.१० मटिअर्वा टोलमा बस्ने मोहन रामको छोरा वर्ष ५० को आम्रपाली भन्ने ब्रहमदेव राम…
५) जिल्ला बारा करैयामाई गा.पा. वडा न.७ पिपरा टोल मा बस्ने महादेव साद थारुको छोरा वर्ष ५० को मोतिलाल चौधरी..
६) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने सियाराम राउत कुर्मीको छोरा वर्ष ३४ को राधेश कुमार पटेल…….
७) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने रामचन्द्र राउत कुर्मीको छोरा वर्ष ५४ को
विनोद राउत कुर्मी.
बरामद भएका निम्न सामानहरु:-
१) बा.३२ प ७०५५ नं. को FZ मोटरसाइकल थान-१।
२) ना.५९ प ४७८९ न. को TVS मोटरसाइकल-१।
३) ना.३३ प ५४६२ नम्बरको २२० C.C. को पल्सर मोटरसाइकल थान-१।
४) गोली ६ राउण्ड ।
५) बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]