२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई अस्पताल भर्ना

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई बुधबार राति दिल्लीको एम्स अस्पताल भर्ना गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षीय आडवाणीलाई एम्सको निजी वार्डमा भर्ना गरिएको हो। अस्पतालको युरोलोजी विभागका डाक्टरहरूले उनको उपचार गरिरहेका छन्।

आडवाणीलाई के कारणले भर्ना गरिएको हो भन्ने विषयमा अहिलेसम्म कुनै ठोस जानकारी नआएको बीबीसी हिन्दीले जनाएको छ। उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको जनाइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]