२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शुक्रबारदेखि देशभर ३ दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेनटिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]