२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भेरी एफएममा जिल्ला हुलाक बाँकेका प्रमुख गाेविन्द पाण्डेकाे नेतृत्वकाे अनुगमन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

(ABC-Sanchar)
बाँके । नेपालगञ्ज नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे जिल्लास्थित रहेकाे नियमन निकाय जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गाेविन्द पाण्डेज्यूकाे नेतृत्वकाे अनुगमन टाेलीले २०८१ असार १३ गते नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्राेत केन्द्र, नेपालगञ्ज अन्तर्गत सञ्चालनमा रहेकाे भेरी एफएम १०५ थाेप्लाे ४ मेगाहर्जमा अनुगमन गरेकाे छ ।

एफएमका गतिविधि, सञ्चालन भैरहेकाे कार्यक्रम तथा एफएमकाे आर्थिक अवस्थाकाे बारेमा स्टेशन प्रमुख माेहम्मद आरिफ अन्सारीले अनुगमन टाेलीलाई जानकारी गराएका थिए ।

अनुगमनकाे क्रममा रेडियाेकाे कार्यक्रम, व्यवस्थापन तथा आर्थिक पक्षमा रहेर छलफल भएकाे थियाे । छलफलका क्रममा राष्ट्र र समाजकाे उन्नति र प्रगतिमा एफएम रेडियाेकाे अहम भूमिका रहने भएकाेले साेही अनुसार उत्तरदायि भूमिका निर्वाह गर्न सुझाव दिनुभयाे ।

रेडियाे आवाजविहिनहरुकाे आवाज भएकाे हुनाले समुदायस्तरमा चाहिने सुचना सन्देश, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पत्रकार आचारसंहिताकाे ख्याल गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा प्रमुख गाेविन्द पाण्डेले भन्नुभयाे ।

अनुगमनकाे क्रममा भेरी एफएमका स्टेशन प्रमुख माेहम्मद आरिफ अन्सारी, वरिष्ठ प्राविधिक तथा कार्यक्रम सञ्चालक नन्दला साहु लगायत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

भेरी एफएम विगत १८ वर्षदेखि नेपालगञ्ज रामलिलामैदान स्थित आफ्नै भवनबाट सञ्चालनमा रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]