ABC (क्राईमबिट)
बाँके । जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नम्बर ८ को बर्ष २६ को शैलेन्द्र चौधरीलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जानकी १ पचपोखरा स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।
शैलेन्द्र चौधरी २०८० वैशाख २९ गते नेपालगन्ज ९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर नगरपालिका वडा नम्बर ६ बर्ष २२ की सुमदरानी थारुको घाँटी रेटी फरार भएका थिए ।
उक्त सम्बन्धमा बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।