२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पर्सा सशस्त्र प्रहरीले अबैध रुपमा ल्याउँदै गरेको ३ हजार बोइलर कुखुरा चल्ला नष्ट

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

ABC (क्राईमबिट)
पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिर अगाडि अवैध रुपमा भारतबाट पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ३ लाख बराबरको ३ हजार गोटा प्रतिबन्धित बोइलर कुखुराका चल्ला बरामद गरेको छ।

बरामद गरिएका चल्लाहरूलाई पशु क्वारेन्टाइन पर्साका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, ग्रामिण कुखुरा व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीको रोहबरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको परिसरभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको छ।

सशस्त्र प्रहरीको यो कारबाहीले अवैध तस्करी नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ। स्थानीय प्रशासनले अवैध वस्तुहरू भित्र्याउने विरुद्ध थप कडा कदम चाल्ने तयारी गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!