२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरीले ठूलो परिमाणमा राजश्व छलिएको प्याज र चिनी बिरगंजबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

पर्सा । आदर्शनगरबाट मालसामान सहितको कन्टेनर बोकेर पावरहाउस चोकतर्फ जाँदै गरेको ना ४ ख ३७५९ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले आदर्शनगर चोकमै रोकेर चेकजाँच गर्दा राजश्व छलेको सामान बरामद भएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार उक्त ट्रकमा रहेको कन्टेनरबाट २ सय ४० क्वीन्टल प्याज, ११ क्वीन्टल चिनी र ५३ थान नयाँ साइकल बरामद गरिएको छ।

बरामद सामानको मूल्यांकन गर्दा ५ लाख ८६ हजार ५ सय रुपैयाँ र ट्रकको मूल्य १५ लाख रुपैयाँ पुगेको सिंहले जानकारी दिए।

बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!