२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आफ्ना लागि बनेका नीति तथा कार्यक्रमहरु कार्यान्वयन नभएको : यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको गुनासो

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ १६, २०८१

 

बिदुर एम सी
दाङ । भालुवाङ समाजमा पहिचान सहित खुल्न थालेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले पनि आफ्ना लागि राज्यको नीति, कार्यक्रम तथा योजना परेपनि कार्यान्वयनमा समस्या रहेको गुनासो गरेका छन् ।
निलहिरा समाज काठमाडौंको आयोजना एवम् दाङको समन्वयमा शुक्रवार दाङ देउखुरी, राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा आयोजित नीति संवाद कार्यक्रममा उनीहरुले सो गुनासो व्यक्त गरेका हुन् । साथै लैंगिक पहिचान अनुसारको जन्मदर्ता, नागरिकता जस्ता सरकारी प्रमाणपत्र सहजै पाउन कठिन हुने, विवाहले कानुनी मान्यता नपाउने, बलात्कार लगायत यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्धका कानुनमा नसमेटिँदा राज्यको सेवा सुविधा र न्याय पाउन गाह्रो भइरहेको निलहिरा समाजका केन्द्रिय परियोजना संयोजक भूमिका श्रेष्ठले दुखेसो पोखिन् ।
मुलुकी ऐन अपराध संहिता, २०७४ परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्थाले महिला तथा बालिकामाथि हुने जबर्जस्ती करणीलाई अपराध ठहर गरी कानुनी उपचारको व्यवस्था गरेको छ । कैयौं जोडीहरू हिंसाको पीडा सहेर बस्न बाध्य छन् । कानुनको अभावले न्याय पाउँदैनन्, पीडकलाई सजायको भागेदार बनाउन सकिँदैन,’ श्रेष्ठले भनिन्, हालै लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको आर्थिक वर्ष २०८१÷०८२ को बजेट मार्फत् सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यकहरूलाई समेटेको छ । जुन सकारात्मक पक्ष रहेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको भनाई रहेको छ ।
कार्यक्रमको सहजीकरण निलहिरा समाजका परियोजना संयोजक भूमिका श्रेष्ठ, सब डाइरेक्टर संजय शर्माले गरेका थिए । कार्यक्रममा निलहिरा समाजका उपाध्यक्ष उमिशा पाण्डे, मानव स्वास्थ्य समाज दाङका परियोजना संयोजक जुनु चौधरी, विभिन्न मन्त्रालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]