२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने निर्णय बिश्वासको मत लिने

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौं । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको सामना गरेर विश्वासको मत लिने धारणा राखेका छन्।

बैठकमा पार्टीका नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए। प्रधानमन्त्रीले संसदमा विश्वासको मतको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरूसँग कुराकानी गर्दै अगाडि बढ्ने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

कांग्रेस–एमालेको सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान बिउँताउने षड्यन्त्र गरेको भन्दै माओवादी बैठकले आपत्ति जनाएको छ।

यस परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गर्न लागेका छन्, जुन नेपालको वर्तमान राजनीतिक अवस्थाका लागि महत्वपूर्ण कदम हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!