२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी पर्साले भन्सार छलिका सामान तथा लागुऔषध पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १९, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाहा चोक वरपरको इलाकाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले रु ५ लाख ६२ हजार बराबरको किराना सामान, कपडा, जुत्ता र जिमका सामानहरू विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरि ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ। यी सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, शंकरआचार्य गेट नजिक रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुई युवाहरूलाई शंका लागि चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरिएको छ। गोर्खाका १९ वर्षीय लिखल गुरुङ्ग र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका १९ वर्षीय बिकी कुमारलाई १९ एम्पुल नोरफिन, १६ एम्पुल डाईजापाम, र १४ एम्पुल फेनारागन सहित पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनरुवा पर्सामा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!