बाँके । नेपालगंज उपमहानगरपालिका २१ बसन्त मल्ल चोक नजिकै वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको निम्न बेबारिसे अबस्थामा रहेको समान फेला पारी बरामद गरी वडा प्रहरी कार्यालय नेपालगन्जमा ल्याई भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
निम्नः- समानहरु
१.RATTO कम्पनीको मोबाईल ग्लास १,२८० पिस प्रति पिस मुल्य रु.२००।– जम्मा मुल्य रु.२,५६,०००।–
२.Premium कम्पनीको मोबाईल ग्लास ४,८०० पिस प्रति पिस मुल्य रु.८०।–जम्मा मुल्य रु.३,८४,०००।–
३.Curved कम्पनीको मोबाईल ग्लास ३,२०० पिस प्रति पिस मुल्य रु.८०।– जम्मा मुल्य रु.२,५६,०००।–
४. भे १ प ४७६५ नं. को सुपरस्पिलिन्डर मो.सा. थान १अं. मुल्य रु.५०,०००।-,UP40 A9202 नं.को TVS मो.सा.अं. मुल्य रु.५०,०००।- र साईकल थान ३ अं. मुल्य रु.९,०००।-
गरी जम्मा अं. मुल्य रु.१०,०५,०००।– बराबरको सामान रहेको ।