२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी बाराले मोटरसाइकल लागुऔषध चरेससहित २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १९, २०८१

ABC (क्राईमबिट)
बारा । भारतको मोतिहारी जिल्ला, थाना आदापुर पन्चायत बेलवा बस्ने १८ वर्षीय मनिष कुमार र भारतको रामपुर बस्ने २१ वर्षीय भरत साह रहेका छन् ।

मंगलवार राति बाराको कलैया उपमहानगरपालिका–१० शनिच्ररा मठ ईलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोलीले उनीहरुलाई १० किलो बढी लागूऔषध चरेससहित गरेको हो ।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको द्यच्ण्छद्यभ्ण्ठटठ च्यासिस नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जनाले हेल्मेट र मोटरसाइकलको सिटभित्र लुकाई छिपाई राखेको अन्दाजी १० केजि २३० ग्राम अवैध लागुऔषध चरेस फेला परेको हो ।

बरामद लागू औषध चरेस र मोटरसाइकलसहित दुवै जनालाई आजै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल न.१२ गण, बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!