२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पर्सामा मिटर ब्याजको २४ हजारभन्दा बढी उजुरी १ हजार उजुरीको मेलमिलाप

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २०, २०८१

पर्सा । मधेश प्रदेशमा मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी २४ हजार ९९ उजुरी परेका छन् । पर्सा, बारा, रौतहट लगायत प्रदेशका आठ वटै जिल्लामा मिटर ब्याज सम्बन्धी उजुरी आएका हुन् । यसमध्ये पर्सामा मात्रै दुई हजार १५३ उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा एक हजार ६५५ उजुरी दर्ता हुँदा, सोझै प्रहरी कार्यालयमा ४९८ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनका अनुसार, प्राप्त उजुरीमध्ये एक हजार उजुरीको मेलमिलाप भइसकेको छ ।

प्रहरी नायब उपरीक्षक भारतीले बताए अनुसार, २२२ उजुरीको जिल्ला प्रशासन कार्यालय पर्सामा मेलमिलाप भएको छ भने ७७८ उजुरीको जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप भएको छ । पाँच वटा उजुरी मात्र मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा गएको छ भने एक हजार १४८ उजुरीमा मेलमिलाप हुन बाँकी रहेको छ । मिटर ब्याजकै उजुरीको आधारमा पर्सामा ६ जना पुरुष पक्राउ परेको पनि भारतीले जानकारी दिए । उनले भने, “हाम्रो जिल्लामा मुद्दा दर्ता सबैभन्दा कम भएको छ, अनि मेलमिलापको अनुपात पनि बढी छ । अब बाँकी रहेका उजुरीमा पनि मेलमिलाप गराउने गरी तीव्र गतिमा काम भइरहेको छ ।”

पर्सा प्रहरी मिटर ब्याज सम्बन्धी उजुरीलाई प्राथमिकताका साथ हेरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल दाबी गर्छन् । उनका अनुसार, मिटर ब्याज (अनुचित लेनदेन) का उजुरी आउने संख्या पनि पहिलेको तुलनामा कम भएको छ ।

पर्सा जिल्लामा मात्रै २६ करोड ३३ लाख ८३ हजार ८३० रुपैयाँ मागदावी भएकोमा १४ करोड ५१ लाख १४ हजार ३५९ बिगो रकममा मेलमिलाप भएको छ। सबै गरेर हालसम्म १६ बिघा ८ कठ्ठा ३ धुर ७ कन्वा घर जग्गा तथा अन्य जिन्सी सामान फिर्ता गरिएको प्रहरी नायब उपरीक्षक भारतीले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

मधेश प्रदेशमा सबैभन्दा कम उजुरी रौतहटमा परेका छन्। त्यहाँ दुई हजार ७८ उजुरी दर्ता भएका छन् भने ती मध्ये ५१३ उजुरीमा मेलमिलाप भइसकेको छ। २१ वटा उजुरीको मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!