२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पर्सा प्रहरीले हत्यामा संलग्न योजनाकार सहितका तीन जना व्यक्तिहरु पक्राउ

Logo
(रोशन निधि) प्रकाशित बिहिबार, आषाढ २०, २०८१

पर्सा । जगरनाथपुर गाउँपालिका वडा नं.१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजा भन्दा ८० मिटर नेपालको सरहदभित्र ( सिमा पिलर ५/४५१ नं.) उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको दुर्घन्धित दुई वटा मृत पुरूषको शव वन्यजन्तुले खोस्रिएको अवस्थामा शवको हाँत बाहिर देख्ने गरी निकालिएको छ भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट soco, Forensic doctor, तालिम प्राप्त Dog सहितको अनुसन्धान बिशेषज्ञ टोली खटि गइ वारदातस्थलबाट कानून बमोजिमको सम्पुर्ण कार्य पुरा गरि लाश पोष्टमार्टमको लागी नारायणी अस्पताल बिरगन्ज पठाए पश्चात बिभिन्नकोणबाट घटनाको शुक्ष्म अनुसन्धान शुरु गरिएको ।

अनुसन्धानको क्रममा प्राविधिक बिशलेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईवी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनावद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको । घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटना स्थल सम्म बोलाएको देखिएको । हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई आठ लाख रुपैया दिएर (सुपाडी) हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । मिति २०८१।०२।२५ गते शुक्रवार साँझ १८:१५ वजेको समयमा बारा जिल्लाको कलैयाबाट बस चडी पर्सा जिल्लाको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी (केहुनीया) जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरी उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्‍याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका वडा नं.१ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको ।
घटनामा संलग्न योजनाकार सहितको तीन जना व्यक्तिहरु हाल पक्राउ परेका र अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको ।

घटनाको मुख्य योजनाकार तथा पक्राउ परेका व्यक्तिहरू सन्तोष प्रसाद कुमहार उमेर बर्ष ३२को ,लछ्मन कुमार प्रजापति बर्ष ३३को ,महादेव मह्तो नुनिया बर्ष ४५ को निजीहरु माथि ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट दिन- ५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!