२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ललितपुरका मेयर चिरीबाबु महर्जनलाई अख्तियारले पठायो बयानको लागि पत्र

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ २०, २०८१

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई बयानका लागि अर्को पत्र पनि काटेको छ ।

बाढी पीडितलाई रकम वितरण गरेको विषयमा बयानका लागि बुधबार पत्र पठाएको अख्तियारले बिहीबार प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि अर्को पत्र पठाएको हो ।

प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि बोलाइएको पत्र अख्तियारका कर्मचारीले बिहीबार दिउँसो मेयर महर्जनलाई कार्यकक्षमै पुगेर दिएका छन् ।

यसअघि मंगलबार अख्तियारले २०७७ सालमा धापाखेल क्षेत्रका बाढी पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत डेढ लाख र दुई लाख रुपैयाँ राहत दिएका विषयमा उजुरी परेको भन्दै बयानका लागि महर्जनलाई बोलाएको थियो ।

अख्तियारले मेयर महर्जनलाई २६ र २८ असारमा टंगालस्थित कार्यालयमा आउनू भनेको छ ।

ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त सुमित्रा अमात्यको चाकुपाटस्थित घरले सार्वजनिक जग्गा मिचेको भन्दै डोजर लगाएपछि अख्तियारले त्यसै दिन र भोलिपल्ट गरी मेयर महर्जनलाई दुईवटा पत्र पठाएर बयानका लागि बोलाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!