२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मेयर बालेन्द्र शाह र वडाध्यक्षहरूबीचको विवादले महानगरको नगरसभा अन्योलमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । गत शुक्रबार बिहान ८ बजे बोलाइएको १५औं अधिवेशनको चौथो नगरसभा स्थगन भएयता कहिले बैठक बस्ने टुंगो भएको छैन ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबारसम्म पनि बैठक बस्ने कुनै खबर नपाएको बताए । ‘नगरसभा बैठकको विषयमा मलाई पनि थाहा हुँदैन,’ उनले भने, ‘नगरसभा बोलाउने मेयर सापले मात्र हो । उहाँलाई नसोधी भन्न सकिन्न । सभा बस्नलाई छलफल पनि भएको छैन ।’ अहिलेसम्म सहमतिमा जान नसकेको विषयमा मेयर शाहले प्रस्तावका रूपमा ल्याइसकेपछि मात्र सहज ढंगबाट अगाडि बढ्ने उनले सुनाए ।

मेयरको सचिवालयले आउँदो साताभित्र नगरसभा बैठक बस्नलाई तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं महानगरपालिका, नगरसभा सञ्चालन कार्यविधि, ०७४ अनुसार बजेट र नीति तथा कार्यक्रम अब सहमतिबाटै असारभित्रै पास गरेर लैजानुपर्ने अवस्था रहेको मेयरको सचिवालय बताउँछ । कार्यविधिअनुसार अधिवेशनको गणपूरक संख्या नपुगे दुई दिनभित्र अर्को अधिवेशन बस्ने गरी सूचना गर्नुपर्नेछ । तर उक्त समयभित्र अधिवेशन नबसे २५ प्रतिशत नगरसभा सदस्यको उपस्थितिमा अधिवेशन बस्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!