२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रअ’ का नयाँ नेपाल प्रमुख अंशुल शर्मा काठमाडौंमा जिम्मेवारी सम्हाल्न आए

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । नेपालमा सत्ता समीकरण फेरबदल भएर उथलपुथल भएकै बेला भारतीय खुफिया एजेन्सी ‘रअ’ को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा राजधानी ओर्लिएका छन्। आजमात्रै उनी नेपालको राजधानी काठमाडौं जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्।

राघव पी.भट्नागरको ठाउँमा ‘रअ’को स्टेशन चिफ नियुक्त भएका उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ उत्रिएका हुन्। अंशुल यसअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए।

राघव कार्यकाल सकिएर पनि यतै रहेका र प्रधानमन्त्री प्रचण्डले काँग्रेस छोडेर एमालेसँग मिल्दा पूर्वसूचना लिन नसकेको भनी नयाँ दिल्लीको आलोचनामा परेका थिए। अहिले उनले अँशुललाई सबै कुरा जिम्मा लगाएर असार २७ गते स्वदेश फर्कने तयारी छ।

उनी करिब तीन वर्षसम्म नेपाल बसेका थिए। नेपालमा राजनीतिक संकट चुलिएका बेला रअ हाकिम काठमाडौं ओर्लिएको कुरालाई लिएर चर्चा परिचर्चा भए पनि भारतीय दूतावास स्रोतले भने यसलाई नियमित फेरबदली भनेको छ। यस अगाडीका भट्नागर २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]