२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

विपद कार्यमा उच्च प्राथमिकताका साथ काम गर्न जिल्ला सिडियोहरूलाई निर्देशन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

गृहसचिव अर्यालले विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने बताए । ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ’, उनले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उनले बताए ।

गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!