२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

धरानका मेयर हर्क साम्पाङले शक्तिको दुरुपयोग गरि पत्रकार धमला माथी दुर्व्यवहार

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

धरान । नागरिक सुनुवाइमा बोलेको बिषयमा धरानका मेयर हर्क साम्पाङले बोलाएपछि कार्यकक्षमा पुगेकी पत्रकार सन्जिता धमलालाई प्रहरी बोलाएर जबर्जस्ती बाहिर निकाल्दा चोटपटक लागेको छ ।

मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बलजफ्ती बाहिर निकालेका थिए । त्यसक्रममा धमलाको हात, पाखुरामा चोट लागेको छ । आफैले बोलाएर आएका नागरिकलाई मेयर साम्पाङले प्रहरी बोलाएर बलजफ्ती निकालेको भन्दै चर्को आलोचना पनि भैरहेको छ । साथै तानाशाही तरिकाले पत्रकारको आवाज दमन गर्न खोजेको आरोप पनि मेयर साम्पाङलाई लागेको छ । जनताको प्रश्न सुन्न नसक्ने र प्रश्न गर्नेलाई दमन गर्ने आरोप मेयर साम्पाङलाई लाग्दै आएको छ ।

उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी नविन भण्डारी धरान आएका थिए । पत्रकार महासंघ सुनसरीको टोली पनि इलाका प्रहरी कार्यालय पुगेको थियोे । उक्त घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले एक समिति गठन गरेको बताएको छ । समिति संयोजक सहायक प्रजिअ वेदराज फुयाल, सदस्यहरुमा डिएसपी भण्डारी र जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रहेका छन् ।

घटनापछि धमलाले ईलाका प्रहरीमा निवेदन दिएकि छिन् भने चोटपटकको जाछ पनि भैसकेको छ । जिल्ला प्रहरीले बुधबार धरानमा आयोजना गरेको नागरिक सुनुवाइमा धमलाले केही जनप्रतिनिधिहरुले नागरिकता बनाउन पैसा लिएर कमाई गरेको भन्दै चेतावनी शैलीमा सच्चिन अभिव्यक्ती दिएकि थिइन् । प्रमुख अतिथि रहेका मेयर साम्पाङले मन्तव्यको क्रममा प्रमाण लिएर आउन भनेका थिए भने सामाजिक संजाल फेसबुकमा पनि प्रमाण भए लिएर आउन नभए माफी माग्न लेखेका थिए ।

शुक्रबार दिउँसो धमला मेयरको कार्यकक्षमा पुगेर आफ्नो चरित्र हत्या हुने गरि किन स्टाटस लेखेको भन्दै प्रश्न गरिन । उनले आफुले प्रमाण छ नभनेको दावी गर्दै भए पनि सिडियो, प्रहरी वा न्यायलयमा मात्रै दिने बताइन् । मेयरलाई कारबाही गर्ने अधिकार नभएको भन्दै उनले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नै फेसबुकमा जे पायो त्यही लेखेको आरोप लगाइन् ।

मेयर साम्पाङले पनि नागरिकता जस्तो संवेदनशील बिषयमा जनप्रतिनिधिले पैसा लिएको भनेकोले प्रमाण दिनु, नभए माफी माग्नु भनेका थिए । उनले प्रमाण विना जथाभावी गम्भीर आरोप नलगाउन पनि धमलालाई भनेका थिए । त्यसक्रममा दुवैबिच मर्यादाको ख्याल समेत नगरी चर्काचर्कीसमेत परेको थियो ।

“मेयरले शक्तिको दुरुपयोग गरे”

पत्रकारहरुको विभिन्न संगठनहरुले शुक्रबार राती संयुक्त विज्ञपति जारी गर्दै मेयर साम्पाङले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञपति जारी गर्दै सन्चारकर्मीलाई बोलाएर आफ्नै कार्यकक्षमा शक्तिको दुरुपयोग गरि दुर्व्यवहार गरेको उल्लेख गरेको छ ।

मेयरको निर्देशनकै आधारमा सत्य तथ्य नबुझी सन्चारकर्मी धमलामाथी नेपाल प्रहरीले दुर्व्यहार गर्दा चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोटपटक लागेकोले आमनागरिकले प्रहरीको भरोसा कसरी गर्ने ? भन्ने प्रश्न पनि विज्ञप्तीमा गरिएको छ । साथै धमलामाथी भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]