२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

चेकजाँच प्रणालीलाई व्यवस्थित प्रविधि मैत्री बनाउने कार्य प्रशंसा गृहसचिव अर्याल

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २६, २०८१

भैरहवा । गृह सचिव एकनारायण अर्यालले चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाउने कार्यको प्रशंसा गरेका छन् । एकीकृत चेकजाँच बिन्दु उद्घाटन गर्न भैरहवा पुगेका गृह सचिव अर्यालले अन्य नाकाहरुमासमेत यो प्रणाली लागू गर्नुपर्ने भन्दै नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।

‘चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाई प्रशंसनीय कामको शुरुआत भएको छ’,गृह सचिव अर्यालले भने, ‘अन्य नाकाहरूमा पनि यो अवधारणा लागू गर्नका लागि आवश्यक नीतिगत पहल गरिनेछ’

सरकारी सेवाहरूलाई क्रमशः डिजिटाइजेश गर्दै लैजान सकेमा सेवा प्रवाह चुस्त र प्रभावकारी हुँदै जाने बताउँदै गृह सचिव अर्यालले प्रभावकारी व्यवस्थापनले राजश्व चुहावट नियन्त्रणमासमेत मद्दत पुग्ने बताए ।

उक्त प्रणालीको कानुनी आधारशीला निर्माणका लागिसमेत पहल गर्ने बताएका गृह सचिव अर्यालले सुशासन र राजश्व चुहावट नियन्त्रणमा शून्य सहनशीलता भएर अघि बढ्नुपर्ने बताएका छन् ।

एकीकृत चेकजाँच बिन्दुको स्थापनासँगै भन्सार बिन्दु पार गरिसकेपछि पटक पटक भन्सार, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरीद्वारा हुने गरेको छुट्टाछुट्टै चेकजाँचको झन्झट अन्त्य भई आवागमनमा सहजता आउने छ ।

एकीकृत चेकजाँच बिन्दुबाट उपलब्ध गराइएको पहेँलो रङ्गको कार्ड पछि पुनः चेकजाँच गरिरहनु पर्ने छैन । यसबाट विशेष गरी भारतीय सवारी साधनहरूको आवागमनमासमेत सहज हुने जनाइएको छ ।

एकीकृत चेकजाँच बिन्दु सेवाग्राही तथा यात्रुहरूले खेप्नु परेको अनावश्यक झन्झट हटाउनुका चेकजाँचलाईसमेत चुस्त र प्रभावकारी बनाउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!