बारा । जिल्ला प्रहरी कार्यालय बाराको मातहत बाट निम्न प्रहरी ईकाइ कार्यालय हरूबाट खटिएका प्रहरी टोलिहरूले निम्न स्थानमा नियमित चेक जांच गर्ने क्रममा गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू.६७ लाख ३ सय ९२ रूपैया बराबरको अबैध समान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाएको छ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बारा बाट मीत २०८१-०३-२५ गते अन्दाजी २३:३० बजेको समयमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.२१अमलेखगञ्ज स्थित बिरगंज बाट काठमाडौं तर्फ जान्दै गरेको ना ६ ख-४९४० नम्बरको डिबा ट्रकमा लाेड खुद्रा सामान हरु अन्दाजी मुल्य रु.६४,५६,२४२/-रुपैयाँ बराबरको स्पोर्टिङ बिल नभएको ।
तेसैगरि मिति २०८१-०३-२५ गते अन्दाजी २३:१० बजेको समयमा
जिल्ला बारा, जितपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ स्थित बीरगंजबाट काठमडौं तर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा लोड फेसवास( लुमि, जिनक्यार) अं. २३० पिस अं. मुल्य रु. १,१४,१५० बराबरको बिल बिजक नभएको तथा स्रोत खुलाउन नसकेको ।
तेसैगरि प्रहरी चौकी मुसहर्वा, बारा बाट
मिति २०८१/०३/२६ गते अं.०१:०० बजेको समयमा जिल्ला बारा, बिश्रामपुर गा.पा.वडा नं.१०निलकण्ठवा स्थित नेपलाबाट भारत तर्फ लैजाँदै गरेको २ वटा गाई ८ वटा गाईको बाछा अंन्दाजि मुल्य रु. १,३०,०००/- बराबरको नियत्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ ।