२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

राजमार्ग सडकको हरीबिजोग स्थानीयले सडकमा केरा र फूलको विरूवा रोपेर विरोध गरे

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ २७, २०८१

 

दाङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुवाङ सडक खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि स्थानीयले बीच सडकमा केरा र फूलको विरूवा रोपेर विरोध जनाएका छन्।

राप्ती गाउँपालिका वडा नम्बर १ का स्थानीयहरूले महेन्द्र राजमार्गमै केरा र फुलको बिरूवा रोपेका हुन् । गत हप्ता देखि परेको वर्षाले राजमार्गमा खाडल परेको थियो । खाडल पर्दा दुर्घटनाको जोखिम बढ्दै गएको र समयमा सडक डिभिजन कार्यालयले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीयले केरा र फूलको विरूवा रोपेर सडक डिभिजन कार्यालय दाङलाई दवाफ छन् ।

आज बिहान मात्र दाङबाट भैरहवा जाँदै गरेको स्कुटर दुर्घटनामा परेको थियो । २ वर्ष अघि पनि सोही खाडलका कारण टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । दुर्घटनाको जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय दाङलाई दवाव बीच सडकमै केरा र फूल रोपेर विरोध जनाएको स्थानीयले बताएका छन् । यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सडकमा परेको ठुला ठुला खाडल तत्काल मर्मत गरिदिन सडक डिभिजन कार्यालय दाङलाई आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!