२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सूचना चोरी गरेको आरोपमा भारतीय (रअ एजेन्ट) अष्ट्रेलियामा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २७, २०८१

काठमाडौं । अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए ।

भारतले जासुसीकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो । पक्राउपछि अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गर्यो ।

अष्ट्रेलियाको आरोप थियो विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरीको । सूचनाहरू चोरी गर्न खोज्दा उनीहरू समातिएको अष्ट्रेलियाली सुरक्षा अधिकारीको आरोप थियो । तर,ती कुरा त्यतिबेला सार्वजनिक गरिएनन् ।

एबीसी न्यूजकाअनुसार भारतले फैलाइरहेको ‘जासुसी जालो’ लाई त्यहाँको राष्ट्रिय गुप्तचर संस्था अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेशन (एएसआईओ) ले ध्वस्त बनाएको हो । त्यसअघि भारतीय जासुसहरू अष्ट्रेलियामा निकै सक्रिय थिए । उनीहरूले आफ्नो सञ्जाल विस्तार गरिसकेका थिए ।

उनीहरु अष्ट्रेलियाका राजनीतिज्ञहरूसँग समेत घनिष्ठ सम्बन्ध बनाउन सफल भएका थिए । तत्कालीन र पूर्व राजनीतिज्ञहरुसँग बलियो सम्बन्ध बनाएपछि सूचना लिन्थे ।

केही संकेत पाएपछि एएसआईओका अधिकारीले उनीहरूमाथि निगरानी बढाइरहेका थिए । गतिविधि शंकास्पद लागेपछि नजिकबाट निगरानी गरियो । त्यसपछि उनीहरूलाई पक्राउ गरेर देश निकाला गरियो ।

एएसआईओका महानिर्देशक माइक बर्गेसले सन् २०२१ मा प्रकाशित आफ्नो वार्षिक सुरक्षा प्रतिवेदनमा देशमा विदेशी जासुसहरूका गतिविधिबारे संकेत गरेका थिए । तर, उनले त्यतिबेला कुन देशको संग्लनता भन्नेबारे खुलाइएन ।

बर्गेसले सन् २०२१ मार्चमा क्यानबेरास्थित एएसआईओको मुख्यालयमा सम्बोधन गर्दै भने, ‘विदेशी जासुसहरूले वर्तमान र पूर्व राजनीतिज्ञहरू, विदेशी दूतावास र राज्य प्रहरी सेवासँग लक्षित गरेर सम्बन्ध विकास गरेका छन् ।’

‘उनीहरू (एजेण्ट)ले आफ्नो देशका विदेशमा बस्नेहरूको निगरानी गरेका थिए । अष्ट्रेलियाको व्यापार सम्बन्धका बारेमा पनि अति गोप्य जानकारी प्राप्त गर्ने प्रयास गरेका थिए’, त्यतिबेलै उनले भनेका थिए, ‘सार्वजनिक सेवामा कार्यरत सरकारी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रोटोकलका बारेमा जानकारी दिन जासुसहरुले आग्रह समेत गरेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!