बाँके । नेपालगंज उपमाहनगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा आरम्भ गरीएको लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ को आज मिति २०८१।०३।२५ गते समिक्षा प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

उक्त अभियान अन्तरगत गरिएको निबन्ध लेखन प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरिनुका साथै उक्त अभियानलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्ने FDDR Nepal बाँके शाखा र नेपालगंज उपमहानगरपालिका स्तरीय बाल क्लब संजाललाई प्रशंसा पत्र हस्तान्तरण गरीएको छ ।