२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको एआईजी र डिआईजीको रिक्त पदमा को को छ्न प्रतिस्पर्धीहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २७, २०८१

काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र एक जना डिआइजीको पद रिक्त छ । एआइजी उमेशराज जोशी असार १९ र एआईजीमा सिफारिस डिआइजी पोषराज पोखरेल २१ गतेबाट अनिवार्य अवकासमा गएपछि दुई पद रिक्त भएको हो ।

एक एआईजीका लागि अहिले दर्जन डीआइजीहरु प्रतिस्पर्धामा छन् । जसमा अहिले भतरबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डिआइजी एआइजीको प्रतिस्पर्धामा छन् ।

यस्तै गत महिनामात्रै बढुवा भएका कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज कुमार केसी र राजन अधिकारी पनि डीआइजीमा कार्यरत छन् । तर उनीहरु एक महिनाअघि मात्रै बढुवा भएकाले एआईजी बन्ने सम्भावना छैन । अब सरकारले सुरुमा रिक्त एआइजीमा हाल कार्यरत डिआइजीहरूमध्येबाट एक जनालाई बढुवा गरेपछि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस गर्नेछ ।

जसमा हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन् । चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए । एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे ।

२०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने । उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन् । यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जाँदैछन् । एआइजी श्यामराज ज्ञवालीले २० भदौमा अवकाश पाउनेछन् ।

यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५ भन्दा कम छ । ३० वर्षे सेवाहदका कारण ठूलो संख्यामा प्रहरीले अवकाश पाउन लागेका हुन् । जसकारण सो टोली ३० वर्षे सेवाहद हटाउने लबिङमा लागेको छ ।

गृह मन्त्रालयले पनि यस विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो । कार्यदलले प्रतिवेदन पनि दिइसकेको छ । तर पनि त्यो प्रतिवेदन कार्यान्वयन हुने सम्भावना निकै कमजोर रहेको छ ।

अब नयाँ सरकार बन्ने भएपछि ३० वर्षे सेवाहदको विषयमा के निर्णय हुन्छ हेर्न बाँकी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै सेवाहद हटाउनुपर्ने बताउँदै आएका भएपनि यो विषयमा नीतिगत निर्णय नै गर्नुपर्ने भएकाले यही वर्ष हुने संभावना निकै कमजोर रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]