२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मेयर साम्पाङले महिला पत्रकार धमलालाई दुव्र्यवहार प्रति पत्रकार महासंघको विज्ञप्ति

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ २७, २०८१

काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ र सञ्चारकर्मी सञ्चिता धमलाको घटनालाई ‘प्रेस विरोधी हर्कत’ भएको बताएको छ ।

वक्तव्यमा भनिएको छ बताउँदै ‘यस्ता हर्कतले ‘पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।’

विज्ञप्तिमा पत्रकार महासङ्घ कोशी प्रदेश समितिले ‘नगर प्रमुख राईकै निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीले सत्यतत्थ नबुझी सञ्चारकर्मी धमलामाथि हमला गर्दा धमलाको चस्मा फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको’ जनाएको कुरा उल्लेख छ ।

उक्त घट्नाका बारेमा धरानका पत्रकारहरूले इलाका प्रहरीमा गएर आपत्ति जनाएका थिए ।

सुनसरी जिल्ला स्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनले छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।

पत्रकार महासङ्घ सुनसरीले भने आधिकारिक रूपमा वक्तव्य जारी गरेको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!