२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

१९ महिना पछी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्यो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । १९ महिनापछि ५औँ पटक प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरे ।

आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ मत प्राप्त भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

काँग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार काँग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!