बाँके । समाचार लेखेको आधारमा पत्रकार आशिष मल्ल ठकुरीलाई ज्यान मार्ने धम्की दिने कम्दी मिलन चोकका सैयद खान भन्ने ब्यक्ति मन्त्रीको घरबाट पक्राउ परेका छन् ।
नेपालगन्जमा रहेर भ्रष्टाचार र व्यथिति बिरुद्द आवाज उठाइदै आइरहेको मिडिया एबिपि क्राइम मिडियाले एक दुइ दिन अगाडि चेतन हत्या काण्डका व्यक्तिहरुले नेपालगन्जका एक सर्वसाधारण व्यक्ति २७ बर्षिय मोहन कुमार यादबलाई समिर बिष्ट लगायत नौ जनाको समुहले कुटपिट गरेपछि निज यादवको बयानमा उसको न्यायको लागि समाचार बनाउदा एबिपि क्राइम मिडियाका आषिश मल्ल ठकुरिलाई मारेर फाल्छु भन्ने धम्कि आएको छ।
मारेर फाल्छु भनेर धम्कि दिने व्यक्ति पुर्व मन्त्री इस्तियाक राइको घरबाट पक्राउ परेका छन् ।