२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुख पछीको सङ्घर्षले सिङ्गारेको मेरो जीवन कथा यसरी बित्यो

Logo
(केडी शर्मा) प्रकाशित शनिबार, आषाढ २९, २०८१

एक घरपरिवार, बाबाआमा छोराछोरी गरी आठ जनाको सुन्दर परिवार जसमा तीन दिदीहरूलाई मैले राम्ररी अनुभव गर्न नपाउँदै उनीहरूको बिहे भइसकेको हुन्छ। बाबा इन्डियन आर्मीबाट रिटायर्ड भइसकेको हुनुहुन्छ। ममाथि दुईवटा दिदीहरू हुनुहुन्थ्यो। घरको सबभन्दा कान्छो छोरा बाबाको प्यारो छोरा बाबाले मलाई अति नै माया गर्नुहुन्थ्यो बाबा त्यतिबेला दमको बिरामी हुनुहुन्थ्यो। सधैं बाबालाई औषधि खुवाइरहनु पर्थ्यो। एकदिनको कुरा हो। मेरो बाबा हामी सबैलाई चटक्कै छोडेर यो संसारबाट बिदा हुनुभयो। त्यतिबेला मेरो साइली दिदीको विवाह भएको करिब एक वर्ष पूरा भइसकेको थियो। म त्यतिबेला ६ वर्षको अन्जान बालक थिए।

बुबाको मृत्यु हुँदा घरपरिवारका सबै सदस्य रुँदा मलाई चाहिँ त्यस्तो चेतना आएन कि रुनुपर्छ, त्यतिबेला त्यो मृत शरीरलाई काँध थाप्ने मेरो आफ्नो दाजु नै हुनुहुन्थ्यो। दाजु पनि खासै धेरै उमेर नभएकोले होला धेरै जिम्मेवारी बहन गरे जस्तो देखिनुहुन्नथ्यो। म जसरी गाउँमा हुर्किँदै बढ्दै गए म पाँच क्लासमा पढ्ने समयताका मेरो दाजुको साथ सहयोग पाएँ। तर दाजुले पनि एकदिन हामीलाई चटक्कै बिर्सेर घरपरिवारबाट टाढा भई आफू बाल ब्रह्मचारी भएको कुरा केही समयपछि उहाँ आफै सेतो पहिरनमा घर आइसकेपछि उहाँले जानकारी गराउनु भएको थियो। उहाँलाई त्यो निर्णय त्यतिबेला ठिक लागेको थियो होला। तर हाम्रो घरपरिवारलाई र हामीलाई हेर्ने चाहिँ कोही पनि थिएन। नभन्दै मेरो दाजु धर्म उद्देश्यले निस्कनुभयो तर हामीहरु भने सधैं एक्लो जस्तो महसुस गरिरह्यौं। मलाई सधैँ एउटै कुराले तनाव हुने गर्दथ्यो म कसरी पढ्ने हो मलाई मेरो साथ सपोर्ट गर्ने कुनै छ र ? यस्ता प्रश्नहरू ममा उठिरहन्थे।

तर जेनतेन रोइकराई म आफ्नो स्कुले पढाइ सकाएँ । पढाइ सकाइसक्दा मेरो घरमा धेरै ऋण कर्जा हुनाले मलाई सधैं तनाव दिन्थ्यो त्यति बेला ममाथिको दिदीको विवाह गर्नुपर्ने थियो। र विवाह पनि गरियो। उहाँको विवाह सकाइसकेपछि मेरो घरमा म र मेरो आमाबाहेक अरू कोही हुनुहुन्नथ्यो त्यतिबेला आर्थिक जिम्मेवारी बढिसकेपछि मैले धेरै पढ्न सकिन मैले निर्णय गरेँ मेरो घरको अवस्था एकदम कमजोर छ। मलाई मेरो बाबा र मेरो दाइले यो जिम्मेवारी सुम्पेर जानुभएको छ। भन्ने कुरा बोध गरेँ ।
साहुको ऋणको कारण मलाई न त रातीमा निन्द्रा नै लाग्थ्यो न त दिनमा भोक । मैले मेरो साहुको ऋण तिरेर मात्रै समाजमा शीर ठाडो पारेर बाँच्नु पर्दछ भन्ने कुरा मेरो मनमा सधैँ खेलिरहन्थ्यो। नभन्दै म एकदिन एक जोडी कपडा लगाएर कुनै एकजना साथीसँग भारतको भुपाल भन्ने ठाउँमा पुगेको थिएँ। त्यतिबेला मलाई त्यहाँको बारेमा केही थाहा नभएकोले मलाई कहाँ गएर नोकरी पाइन्छ कसलाई भन्ने हो भन्ने कुरा मनमा खेलिरहन्थ्यो। एकजना आफ्नै गाउँको चिनेको दाइ हुनुहुन्थ्यो उहाँले मलाई एउटा घरमा काम लगाइदिनुभयो‌। त्यो घरमा मैले मासिक रु. ६०० मा एक वर्षसम्म झाडु पोछा‌, गाडीको सफाई तथा कपडा धुने काम गर्नुपर्थ्यो । त्यहाँ सबै काम गर्ने भएर होला मालिकले धेरै मन पराउनुहुन्थ्यो । त्यसपछि म घर जानुपर्छ भनेर एक वर्षको कमाई ७,२०० लिएर घर फर्केको थिएँ। अनि एक महिना घर बसेर मेरो आमालाई विश्वास दिलाउँदै नआत्तिनुस् आमा साहुको जति ऋण भए पनि म कमाएर तिर्छु भन्ने आश्वासन दिएर घरबाट हिँडेको मलाई हिजो जस्तो लाग्छ ।

बाबाको टेन्सन पनि आमाको नामको गडबडीका कारण त्यतिबेला आउने पेन्सनको ३३५ मात्र आउने गर्दथ्यो त्यो पैसा हामीलाई खाना खर्च पनि जेनतेन पुग्थ्यो। म केही समयको छुट्टीपछि फेरि भारत फर्किएँ। मैले घरमा काम नगर्ने निर्णय लिइसकेको थिए । यही ठाउँमा मेरो आफ्नो भेना पनि हुनुहुन्थ्यो। र म आफ्नो भेनालाई होटलमा काम लगाइदिन अनुरोध गरे। त्यतिबेला मेरो भेनाले मलाई होटेलमा मौरीमा भाडा माज्ने काम लगाइदिनु भएको कुरा मलाई राम्रै सम्झना छ भाडा माझ्दै किचनमा, कटिङ सिक्ने खाना बनाउन सिक्ने कुरालाई प्राथमिकतामा राखी एक वर्षसम्म किचन लाइनमा काम गरे, तर पछि मलाई किचनमा काम गर्न बाहिर सर्भिसमा काम गर्नुपर्छ भन्ने सोचेर सर्भिसमा काम गर्न वेटरको काम जोइन गरे । त्यतिबेला मेरो तलब मात्र ११०० थियो। भारतमा काम गर्दै कमाउँदै गरेको पैसा सबै साहुको ऋण तिर्न ठिक्क हुन्थ्यो। साउहरूले ब्याजको स्याज स्याजको प्याज गरी टन्न ऋण भएको कुरा सुनाउँथे तर मेरो योजना ऋण तिरेर मात्र म विदेश जानुपर्छ भन्ने योजना बनाएको थिएँ। त्यसैको एक वर्षपछि सबैहरूको ऋण तिरेर सकिएको थियो। अनि म भारत छोडी खाडी मुलुकतिर लागे त्यहाँ गइसकेपछि दुबईको नम्बर १ इन्डियन बारमा काम गर्ने अवसर मिल्छ र त्यही ड्युटी सुरु हुन्छ। एक वर्ष पूरा हुन्छ अनि रमजान आउँछ। रमजान मुस्लिमहरूको पर्व हो। त्यो पर्व त्यहाँका सबै मुस्लिमहरुले राष्ट्रिय पर्वका रुपमा मनाउने गर्दछन्। त्यही समय हाम्रो क्लब पनि एक महिना बन्द हुन्छ। त्यो समयमा एक महिना बिदा लिएर म घर फर्किए त्यो समय ठिकठाक पैसा कमाएर फर्किएको थिएँ। पहिलो छुट्टी आएर केही समय घर बिदामा बसिसकेपछि मेरो घरमा भएकी एकले आमाले मलाई बिहे गर्ने र मात्र विदेश जाने कुराको प्रस्ताव राख्नुभयो म एकदम अचम्मित भए त्यो समय मेरो कुनै पनि बिहे गर्ने सोच नै थिएन। फेरि म मेरी आमालाई एक्लो राख्न पनि चाहदैनथेँ। तर पनि मैले आमालाई भने आमा म अर्को साल आएर बिहे गरुँला अहिले गर्दिन भन्दा आमाले मलाई भन्नुभयो कि त बिहे गर कि त यही घरै बस हैन भने म अब घर सम्हाल्न सक्ने अवस्थामा छैन भनी कुरा सक्नुभयो। उता आमाको उमेर पनि ढल्दै गइसकेको र आमाको एक्लोपन देखेर आमाको कुरालाई स्वीकार गर्नुपर्छ भन्ने बुझेँ। त्यो समय मेरो ठुलीआमाको छोरालाई फोन गरी आमाले यसो भन्नुभयो मेरो बिहेको प्रस्ताव हजुरले अगाडि बढाइदिनुपर्यो भनी कुरा राख्दा दाजुले मलाई एक जोडी राम्रो कपडा लगाएर आउन भन्नुभयो अनि म सोही अनुसार एकचोटि कपडामा एउटा औठी लिएर केटी माग्न जाँदा पहिलो केटी नै बिहे गरी ल्याएको दिन हिजो जस्तो लाग्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]