२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नयाँ सरकार गठनको गृहकार्यमा ओली र देउवा गृह र परराष्ट्र कांग्रेस रक्षा कानुन एमाले

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्।

आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्।

‘पहिलो चरणमा कम्तीमा १० जना मन्त्री नियुक्ति गर्ने तयारीमा उहाँ (ओली) हुनुहुन्छ । मन्त्रालयको टुंगो करिबकरिब लागिसकेको छ,’ एमालेका एक पदाधिकारीले भने ।

‘पार्टीलाई योगदान गरेको, समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर मन्त्रीहरू चयन हुनेछन्,’ एमालेका एक पदाधिकारीले भने। कांगे्रस–एमालेले कम्तीमा १८ र बढीमा १९ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । बाँकी ६ मन्त्रालय वा पाँच मन्त्रालय सरकारमा सहभागी हुन चाहने साना दलका लागि राखिनेछन्।

स्रोतका अनुसार यसपटक उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन्। यसैगरी सञ्चार मन्त्रालयमा पूर्वबाट योगेश भट्टराईलाई पठाउने सम्भावना रहेको स्रोतको भनाइ छ। पुरानो टिमबाट पदम गिरी र दामोदर भण्डारी दोहोरिन सक्ने सम्भावना छ। नयाँबाट यसपटक पृथ्वी सुब्बा गुरुङ, एलपी साँवा लिम्बू, दलितबाट छविलाल विश्वकर्मा र तीन पटक निर्वाचित भइसकेका गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने लाइनमा छन्।

साथै महिलाबाट भगवती चौधरीले यसपटक दोहोरिन चाहे पनि सुनीता बराललगायत नेत्रीहरू बाधक बनिरहेको स्रोतको दाबी छ। प्रमुख सचेतकको भूमिकामा रहेका महेश बर्तौलालाई यसपटक त्यही कायम राखिने भएको छ। पूर्वबाट ३० वर्षपछि चुनाव जितेर आएका सोलुखुम्बूका मानवीर राईले पनि राज्यमन्त्री भए पनि रहर गरिरहेका छन्।

काठमाडौंबाट चुनाव जित्ने एक मात्र नेता कृष्णगोपाल श्रेष्ठ पनि यसपटक मन्त्रीका प्रमुख दाबेदार छन्। ‘एमालेको सचिवालय बैठकले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष ओलीलाई दिइसकेको छ । योग्यता–क्षमताका आधारमा मन्त्रीहरू चयन हुनेछन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।

यस्तै कांग्रेसबाट गृह मन्त्रालयको जिम्मेवारी प्रमुख सचेतकसमेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित जस्तै भएको छ। सभापति देउवाकी देउवा पत्नीसमेत रहेकी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने चर्चा चलिरहेको छ। ओली नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने औपचारिक रूपमा टुंगो लागिसकेको छैन।

प्रकाशमान सिंहले रहर गरिरहेका कारण उनलाई पठाउँदा उपप्रधानमन्त्रीसहित ठुलै मन्त्रालय दिने चर्चा चलिरहेको छ। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताका आधारमा समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!