बाँके । बाँकेको खजुरा गाउँपालिका ८ स्थित अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको ब्रोईलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ।
प्रहरीले भारत बाट भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा ब्रोइलर कुखुराको चल्ला १६,०० वटा अंन्दाजी मुल्य रु. १,६०,०००।– (एक लाख साठ्ठी हजार) बराबरको बरामद गरेको हो ।
उक्त कुखुराका चल्ला थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जानकारी दिनुभएको छ।