२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

 

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।

उनले पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने बताए ।

पहिला सरकारमा सहभागी हुने दलको टुङ्गो लगाउनुपर्‍यो’, ती नेताले भने, ‘कांग्रेस एमालेबाहेकका साना दललाई अहिले नै सरकारमा समेट्ने वा केही दिनपछि भन्ने शीर्ष नेताहरूबिच छलफल जारी भएकाले सोही अनुसार निर्णय हुन्छ ।

कांग्रेस एमालेबाहेकका दलसँग शीर्ष नेताहरूले कुराकानी गर्दै हुनुहुन्छ, कुरा मिलेमा साना दललाई एक-एक वटा मन्त्रालय दिन सकिन्छ भन्नेबारे छलफल भएको छ तर टुङ्गो लागिसकेको छैन’, ती नेताको भनाइ छ ।

एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएपनि अध्यक्ष ओलीले केही बताइसकेका छैनन् । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिणाम दिन सक्नेलाई पार्टीले सरकारमा मन्त्री बनाउने बताए । ‘सरकारका कामलाई परिणाममुखी बनाउने हैसियत सांसद मन्त्री बन्छन्’, गौतमले भने, ‘त्यसमा को को व्यक्ति पर्छन् भन्ने कुरा शपथ लिएपछि मात्र थाहा हुन्छ ।’ यद्यपि एमालेबाट पहिला नै मन्त्री भएकाहरू भन्दा नयाँ अनुहार लैजानुपर्ने मत समेत बलियो । पहिला मन्त्री भएकाहरू एकाधबाहेक अरूबाट खासै आशा गर्न सकिँदैन । त्यसैले बदल्ने नै हो भने नयाँ व्यक्ति मन्त्री हुनुपर्छ’, एमालेका एक सांसद भन्छन्, ‘सबै पुराना नै जाने हो भने, कुनै फरकपन र खोजिएको नतिजा आउँछ भन्न सकिन्न ।’

नेपाली कांग्रेसको समर्थनमा गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् । ओलीलाई आइतबार बेलुका राष्ट्रपतिले नियुक्ति गर्ने तयारी गरेको शीतल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा आइतबार ओली नियुक्त भएपछि सोमबार बिहान ११ बजेलाई शपथग्रहणको तयारी गरेको शीतल निवासले जनाएको छ । कांग्रेस एमालेबिचको सहमतिअनुसार सोमबारै मन्त्रीको समेत शपथ गराउने गरी ओलीले तयारी गरेका छन् । तर, अहिलेसम्म मन्त्रालय भागबन्डा र मन्त्री हुनेको नाम दुवै दलले गोप्य नै राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!